बलिउड अभिनेत्री बिपाशा बसु र अभिनेता करण सिंह ग्रोवरको विवाह भएको अप्रिलमा दुई वर्ष हुँदैछ । विवाहको केही समयपछि नै बिपाशा गर्भवती भएको खबर बाहिर आएको थियो । केही पटक उनलाई अस्पतालमा देखिएपछि यो खबर भाइरल बनेको थियो ।
त्यसबेला उनले भनेकी थिइन्, ‘२ वर्षपछि मात्र बच्चाको विषयमा सोच्ने छौं ।’ तर यसका बाबजुत पनि बेलाबखतमा बिपशाको प्रेग्नेन्सीको खबर आइरहेको छ । हालैमा एक इभेन्टमा उनले यो खबरप्रति दुखेसो पोखेकी छिन् ।

उनले भनिन्, ‘विवाहित महिलाबाट बच्चाको मात्र अपेक्षा गर्नु ठूलो गल्ती हो । हो, एक बच्चा महिलाको जीवनमा निकै महत्व राख्छ तर यो कुरा मात्र होइन । यसका अलावा पनि एक महिलाको जीवनमा धेरै कुरा हुन्छन् जसले विशेष महत्व राख्छ ।’
उनी अगाडि थप्छिन्, ‘यी सारा हल्लाहरुले मलाई धेरै दिकदार बनाउँदैनन् । तर हरेक एक व्यक्तिलाई आफ्नो विरुद्धमा भइरहेको खबरको विरुद्ध उठ्न आवश्यक छ ।’ बिपाशा आफ्नो विरुद्ध भइरहेका हल्लाबाट दुखी हुनुको सट्टा डटेर त्यसलाई सामना गर्न मन पर्ने बताउँछिन् ।
‘म स्ट्रेट फरवर्ड हुँ र खुलेर जवाफ दिनमा विश्वास गर्छु ।’ उनी भन्छिन् । बिपाशाले सन् २००१ मा आएको फिल्म ‘अजनबी’ बाट बलिउड फिल्मी करिअर सुरु गरेकी थिइन् । ‘राज’ र ‘जिस्म’ जस्ता सुपरहिट फिल्महरु दिएकी उनी आफ्नो हट एण्ड सेक्सी अन्दाजका लागि समेत परिचित छिन् ।

