Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ हेरेपछि नेता खनालले भने, ‘हाँसोले भरिएको छ’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/27
प्रदर्शनको तीन दिनमा ३ करोड २७ लाख कलेक्सन गरेको फिल्म ‘शत्रु गते’ ले ब्यापार मात्र राम्रो गरिरहेको छैन, ‘वर्ड अफ माउथ’ पनि राम्रै पाईरहेको छ । फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो बोलेका छन् । 
 
 
यसैविच, प्रदर्शनको चौथो दिन फिल्म हेर्न नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ लगायतका नेता पुगेका थिए । 
 
खनालले फिल्म हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । शीर्षस्थ नेताको टोलि फिल्म हेर्न पुगेको थाहा पाएपछि ‘शत्रु गते’ युनिट पनि हलमा पुगेको थियो । 
 
हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हलमा भेटिए । फिल्म हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले ‘शत्रु गते’ निकै रमाइलो बनेको बताए । 
 
 
उनले भने, ‘हाँसोले भरिएको छ भने हर चिजलाई हाँसोमा टुंग्याईएको छ । फिल्म आधुनिक छ । हँसाउन सफल छ ।’ 
 
यस्तै, सोमबार नै सदाबहार नायक भुवन केसी, निर्देशक दिवाकर भट्टराई, निर्देशक सुदर्शन थापा, अभिनेता आकाश श्रेष्ठ, हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री पुजा शर्माले पनि ‘शत्रु गते’ हेरेर उत्कृष्ट बोलेका छन् ।
 
 
फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । मह सञ्चारको ब्यनारमा निर्माण गरिएको यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।  
 
‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ । 
Most Visited News (monthly)