Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चङ्गा चेट’ को मुहूर्त, बाँधियो आयुष्मान र प्रियंकाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2018/03/27
रियल प्रेम जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको प्रमुख भूमिका रहने फिल्म ‘चङ्गा चेट’  को छायांकन सुरु भएको छ । मंगलवार बिहान चावहिलको गणेस्थान मन्दिरमा पूजाआजा गर्दै औपचारिक रुपमा फिल्मको क्यामेरा ‘अन’ गरियो । 
 
 
२५ लाख पारिश्रमिकमा अनुवन्धित भएका निर्देशक दीपेन्द्र के. खनाल यो फिल्मका निर्देशक हुन् । काठमाडौं, धरान, जनकपुर लगयातका ठाउँमा खिचिने ‘चङ्गा चेट’ को निर्मातामा माधव वाग्ले छन् ।
 
मुहूर्तमा समारोहमा प्रियंका र आयुष्मान सँगै सुरक्षा पन्त, माउत्से गुरुङ, रविन्द्र झा, सन्दिप क्षेत्रीलगायतका कलाकार उपस्थित थिए । 
 
डार्क कमेडी जनरामा निर्माण हुन लागेको फिल्मको सुटिङ करीब एक महिना चल्ने निर्देशक खनालले जानकारी दिए । उनले भने, ‘दर्शकलाई फरक ‘टेस्ट’ दिने प्रयासका साथ काम थालेका छौं । मेहनत गर्न कञ्जुस गर्ने छैनौं । विश्वास छ हामीले चाहेको जस्तै फिल्म तयार हुनेछ ।’ 
 
‘चङ्गा चेट’ मा अर्पण थापा, ऋचा शर्मा, परमिता आर.एल. राना, आसिफ शाह लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यसमा आयुष्मानको जोडी प्रियंकासँग बाँधिएको छ । 
 
 
निरक कँडेलले खिच्ने फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । उक्त फिल्ममा अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत छ ।
Most Visited News (monthly)