Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लम्फू’ को गीतमा डान्स गर्नुस्, उपहार र नगद जित्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2018/03/26
वर्ष २०७५ को बैशाख २८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘लम्फू’ मा समावेश ‘सुको नहोस् यार’ को कभर डान्स प्रतियोगिता घोषणा गरिएको छ । यस फिल्मको डिजिटल अधिकार लिएको 'हाईलाईट्स नेपाल' ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । 
 
 
कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ बैशाख २० गते सम्ममा पठाउन पर्नेछ । 'हाईलाइट्स नेपाल' को युट्युब च्यानलमा यो गीत अपलोड छ ।  
 
उक्त गीतको कभर भिडियोको विजेताले नगद रु. पचास हजारको साथमा अन्य आकर्षक उपहारहरु जित्ने निर्देशक गोपाल चन्द्र लामिछानेले जानकारी दिए । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ बैशाख ३१ गते विजेता घोषणा गरिनेछ । 
 
लम्फूको यस गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । प्रमोद ढुंगानाले गीत लेखेका हुन् ।
 
‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । 
 
'सुको नहोस् यार' अडियो गीत :-
 
 
उक्त फिल्ममा 'तरकारीवाली' को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । 'लम्फू' लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
 
फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । 
Most Visited News (monthly)