यही चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको देव कुमार श्रेष्ठ निर्देशित फिल्म ‘नेप्टे’ दर्शकमाझ प्रतिक्षित बनिरहेको छ । फिल्मको ‘सुपारी काँचो’ गीत र कमेडी ट्रेलरले यतिबेला फिल्मको चर्चा थप चुलिएको छ ।

यो सँगै ट्रेलरमा समावेश केही रमाईला संवादहरुले फिल्मप्रति दर्शकको झन् ध्यान आकृष्ट गरिरहेको छ ।
हामीले ‘नेप्टे’ ट्रेलरमा समावेश ५ रमाईला हिट संवादहरुलाई यहाँ प्रस्तुत गरेका छौं :-
१. माया पिरतीमा युद्ध जरुरी छ भन्थे हो रैछ । (बुद्धि तामाङ)
२. ल्यासो, फ्याफुल्ला । काम त भइरा'रछ त खुल्लम खुल्ला । यता हामी रनभुल्ल । (दयाहाङ राई)
३. मान्छे राम्रो हुनका लागि कि अनुहार राम्रो हुनु पर्यो कि बेहोरा राम्रो हुनु पर्यो । मलाई राम्रो भन्ने ! जिस्काउने ! (दयाहाङ राई)
४. भनेकै थिएँ नि सपना देख्न जान्नु पर्छ । नत्र अैठन हुन्छ आले । (दयाहाङ राई)
५. हरियो डलर, डलरले विगार्यो कलर । (दयाहाङ राई)
ट्रेलर हेर्नुहोस् :-
फिल्मको ट्रेलरमा समावेश यी ५ संवादहरु अहिले दर्शकहरुको जिब्रोमा राम्रै झुण्डिएका छन् । यीनै संवादकै कारण दर्शकहरुको संख्या हलसम्म बढ्नेमा निर्माणपक्ष विश्वस्त देखिएको छ ।
दयाहाङ राई, रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको ‘नेप्टे’ का निर्माता रुम्बा आफैं हुन् ।
किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । फिल्मलाई हरी घले लामाले खिचेका हुन् । यो फिल्ममा अभिनेता दयाहाङ राई भिलेनको भूमिकामा देखिँदैछन् ।
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा अभिनेता जय किशन बस्नेतलाई केमियो गर्दै गरेको देख्न सकिनेछ ।

