Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पूजालाई लिएर सुदर्शनले ‘डी फोर डान्स’ बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2018/03/26
पछिल्लो समयका राम्रा निर्देशकको सूचीमा अग्रपंक्तिमा आउने निर्देशक सुदर्शन थापा विशेषतः लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिन्छन् । ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘मेरो एउटा साथी छ’, ‘मेरो लभस्टोरी’ लगायतका फिल्म निर्देशन गरिसकेका उनी अहिले नयाँ फिल्म ‘रामकहानी’ को सुटिङमा व्यस्त छन् । 
 
हरेक फिल्ममा अभिनेत्री पूजा शर्मालाई लिड रोलमा लिने भएका कारण यी दुईको प्रेम सम्बन्धको चर्चा पनि दिन प्रतिदिन मौलाउँदै गएको छ ।
 
‘रामकहानी’ मा पूजासँग अभिनेता आकाश श्रेष्ठको जोडी बाँधिएको छ । यसैविच, सुदर्शनले डाइरेक्सन गर्ने नयाँ फिल्मको नाम सार्वजनिक भएको छ ।  
 
 
यसै वर्ष आफ्नो जन्मदिन मनाउने क्रममा सुदर्शनले ‘म यस्तो गाीत गाउँछु २’ र एक डान्सिङ थिमको फिल्म निर्माण गर्ने जानकारी गराएका थिए ।
 
उनी तत्काल ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल निर्माण गर्ने मनस्थितिमा देखिएका छैनन् । तर, ‘रामकहानी’ रिलिज लगत्तै उनले डान्सिङ थिममा निर्माण हुने फिल्मको सुटिङ सुरु गर्ने भएका छन् । 
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, सुदर्शनले चलचित्र विकास बोर्डमा फिल्मको नाम ‘डी फोर डान्स’ रजिस्टर गराएका छन् । नामबाट नै यो फिल्म डान्सिङ थिममा निर्माण हुने बुझ्न गाह्रो छैन ।
 
मुख्य कलाकारमा उनले अभिनेत्री पूजा शर्माको नाम लेखाएका छन् । यस फिल्ममा उनको जोडी नव-अभिनेता अनिल परियारसँग बाँधिनेछ । सुदर्शन आफैंले निर्माण गर्ने फिल्मको कथा पनि उनकै रहनेछ । 
Most Visited News (monthly)