Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ देशमा ‘ब्लाइन्ड रक्स’ प्रदर्शन पक्का

फिल्मीखबर, काठमाण्डौ, 2018/03/26
नेपालमा सुखद कलेक्सन गर्न चुकेको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ अब विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ । युके र अमेरिकासँगै सिङ्गापुर, अस्ट्रेलिया, क्यानाडा, साईप्रस, ब्रुनाई, जर्मनीलगायतका देशमा फिल्मको प्रदर्शन कन्फर्म भएको छ । 
 
अहिले आठ देशमा शो पक्का भएको र अन्य विभिन्न देशहरुमा हल बुकिङको पखाईमा रहेको निर्माता निकेश लिम्बुले बताए । नेपालमा प्रदर्शन हुनु अगावै युकेमा १८ शो भइसकेपनि दर्शकको मागले पुनः प्रदर्शन गरिने निर्माता लिम्बु बताउँछन् । 
 
 
दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको ‘ब्लाइन्ड रक्स’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । नायिका बेनिशा हमालले पर्दामा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । 
 
एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको कथा यम थापा र सुमन उप्रेतीले तयार पारेका हुन् । 
Most Visited News (monthly)