Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रकाशको बारेमा जान्नुहोस् भित्री कुरा

एजेन्सी, मुम्बई, 2018/03/26
साउथ र बलिउड फिल्ममा सबैभन्दा डिमाण्डेड अभिनेता हुन् प्रकाश राज । बलिउडमा नेगेटिभ भूमिकाका लागि आजपनि निर्देशकको पहिलो रोजाईमा उनी नै हुने गर्दछन् । उनको जन्म वर्ष १९६५ मार्च २६ मा बेङलोरमा भएको थियो । 
 
प्रकाशले बालचन्दरको 'डिउट' बाट फिल्मी करिअर सुरु गरेका थिए । उनको श्रीमतिको नाम पोनी वर्मा हो । उनको वास्तविक नाम भने प्रकाश राय हो ।
 
बालाचन्दरको सल्लाहमा उनले आफ्नो सरनेम परिवर्तन गरेका थिए । उनले अहिलेसम्म पाँच पटक नेशनल अवार्ड जितिसकेका छन् । 
 
 
प्रकाशले बेस्ट फिल्म, बेस्ट एक्टिङ, बेस्ट सपोर्टिङ एक्टर, स्पेशल ज्यूरी जस्ता अलग-अलग विधामा अवार्ड उचालेका छन् । बलिउडमा उनले सिंघम, दबंग, वान्टेड र जंजीर जस्ता फिल्ममा नेगेटिभ भूमिका निर्वाहा गरेर मुख्य भिलेनको धमिलो हुँदै गएको छवि बचाउन उल्लेखनीय योगदान गरेका छन् । 
 
एक्टरसँगै प्रकाश एक डाइरेक्टर पनि हुन् । उनले तमिल, तेलुगु र कन्नडमा कयौं फिल्म निर्देशन गरेका छन् । फिल्मका अलावा  थिएटरका पनि प्रेमी हुन् उनी ।  उनले २ हजार बढी नुक्कड नाटकमा काम गरिसकेका छन् । 
 
दमदार एक्टिङसँगै प्रकाश राज कहिले काही आफ्नो रिसका कारण पनि चर्चामा रहने गरेका छन् । यही कारण ६ पटक उनलाई तेलुगु इन्डस्ट्रीका प्रोड्यूसर्सले ब्यान गरिसकेका छन् । 
Most Visited News (monthly)