Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ को तीन दिने कलेक्सन ३ करोड ग्रस

फिल्मीखबर, काठमाण्डौ, 2018/03/26
‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ ले यतिबेला सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि राजधानी र मोफसलका सय बढी हलमा एकसाथ प्रदर्शनरत फिल्मले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन गरेको निर्माता किरण केसीले जानकारी दिए ।  
 
फिल्मको तीन दिने कलेक्सन सार्वजनिक गर्दै निर्माता केसीले भने, ‘फिल्म हेरेर निस्कनु भएका दर्शकको प्रतिक्रियाले निकै उत्साहित छौं । साथमा व्यापार जोडिएको नै छ । फिल्मलाई रुचाइनु नै हाम्रो सफलता हो ।’ 
 
 
उक्त फिल्मले तीन दिनमा घरेलू बजारबाट ३ करोड २७ लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको छ । निर्माता केसीका अनुसार, फिल्मले पहिलो दिन ७२ लाख, दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाखको करोबार गर्न सफल रह्यो ।
 
शनिवार र आइतवारको सार्वजनिक विदाका कारण पनि फिल्मको व्यापार आक्रामक भएको हो । तीन दिनको आक्रामक विजनेससँगै फिल्म अब नाफाको बाटोमा दौडिएको छ ।
 
यो फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् । सिंगल हलमा बढी चल्छ भन्ने अपेक्षा गरिएको उक्त फिल्म मल्टिस्टार कलाकारका कारण मल्टिप्लेक्समा राम्रो दर्शक खनिएका छन् । 
 
‘शत्रु गते’ ले शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री रानी मुखर्जीको कमब्याक बलीउड फिल्म ‘हिच्की’ लाई समेत विस्थापित गरेको छ । शनिवार र आइतवार ‘शत्रु गते’ को सामु उक्त फिल्म निरीह रह्यो । 
 
‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ । 
Most Visited News (monthly)