Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डामाडोल’ मा निश्चलको जोडी स्वस्तिमा ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/25
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै प्रमुख कलाकार दोहोरिने छन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेता आशिफ शाह लिड रोलमा रहने कन्फर्म भइसकेको छ । 
 
नायिका छनौट हुन बाँकी रहेको खबर बाहिरिरहँदा फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुवन्धित भएको खबर लिक भएको छ । हालसालै चलचित्र विकास बोर्डमा नाम दर्ता गराउने क्रममा निर्माण टिमले निश्चल र स्वस्तिमाको नाम प्रमुख कलाकारको रुपमा लेखाएको छ । यो कपल रियल लाइफमा श्रीमान्-श्रीमति हुन् । 
 
 
‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा स्वस्तिमाले नृत्य गरेकी थिइन्, जुन अहिले युट्युबमा ५ करोडभन्दा बढी पटक हेरिएको छ । गीतमा अधिकांश दर्शकले यो रियल जोडीलाई रिलमा रोमान्स गरेको हेर्ने चाहना व्यक्त गरेका छन् । सोही कारण ‘डामाडोल’ टिमले यो निर्णय लिएको बुझिएको छ । 
 
यस विषयमा फिल्मीखबरसँग कुराकानी गर्दै निर्देशक असिम शाहले स्वस्तिमा खड्का फाइनल भएको कुरा सत्य नभएको बताए । उनी भन्छन्, ‘विकास बोर्डमा एक जना नायिकाको नाम राख्नु पर्ने भएका कारण स्वस्तिमाको राखेका हौं । तर अहिले त्यो फाइनल भने भइसकेको छैन ।’ 
 
फिल्मको यतिबेला स्क्रिप्टको काम भइरहेको र बैशाख १५ बाट छायांकन सुरु हुने बताइएको छ । जी ट्वान्टी वान पिक्चर्स र ब्ल्याक हर्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘डामाडोल’ लाई असिमले नै निर्देशन गर्नेछन् । 
Most Visited News (monthly)