पर्दामा दिदी-भाई देखिने चर्चाका बीच अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की फिचरिङ फिल्म ‘लिलिबिली’ को तेस्रो गीत सार्वजनिक भएको छ । 'हावा सरी' बोलको गीत टर्कीको स्थानबुलमा खिचिएको हो । गीतले प्रेमभाव बोल्छ ।
.jpg)
प्रदीप र प्रियंकाको केमेष्ट्री भन्दा भिडियोमा लोकेशन खिच्न बढी ध्यान दिइएको छ । फिल्मका छायाँकार सुदिप बराल हुन् । गीतमा स्वर एसडी योगी र मेनुका पौडेलको छ भने, दिपेन्द्र घिमिरेको शब्दमा गायक योगीले नै संगीत भरेका छन् । कोरियोग्रोफी कविराज गहतराजले गरेका छन् ।
गीतका शब्द बुझ्न मुश्किल पर्छ । गीतको लोकेशन, खिचाई भने उत्कृष्ट छ । प्रदीप र प्रियंकाको जोडी सुहाएको छ । ट्रेलरमा मात्र ३ सेकेण्ड अटेकी प्रियंकाले गीत हेर्दा आनन्द आएको बताइन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रदीपले गीत झैँ फिल्म पनि सुन्दर बनेको बताए ।
मिलन चाम्स निर्देशित यो फिल्मलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । उक्त फिल्म स्कटल्याण्ड, नेपाल र लन्डन पनि खिचिएको छ ।
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।
गीत हेर्नुहोस् :-

