Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिज अगावै ‘रेस ३’ को किर्तिमान

एजेन्सी, मुम्बई, 2018/03/25
बलिउड सुपरस्टार सलमान खानको ईद रिलिज हुन लागेको फिल्म ‘रेस ३’ लगातार खबरमा छ । फिल्मको लुक्सदेखि नयाँ स्‍टारकास्‍टसम्म सबै चर्चामा छ । यसैबीच यो फिल्मले रिलिज अगावै करोडौं रुपैयाँको विजनेश गरेको छ । 
 
मिड डेको खबरअनुसार, फिल्मको स्याटेलाइट राइट्स पूरै १ सय ५० करोडमा विक्रि भएको छ । सलमानको मार्केट मुल्यका कारण फिल्मको राइट्स डबल रेटमा खरिद गरिएको हो । योसँगै फिल्मलाई रिलिज अगावै करोडौं फाइदा भएको छ । 
 
 
फिल्‍मको राइट्सका लागि पहिला ७५ करोडको अफर मेकर्सलाई दिइएको थियो तर टिमले उक्त प्रस्ताव अस्वीकार गर्‍यो । पछि सलमान खानको कारण फिल्मलाई दोब्बर मुनाफासँगै १५० करोड मिल्यो । सलमानको पछिल्लो फिल्म 'टाइगर जिन्दा हे' को स्याटेलाइट राइट्स ७० करोडमा विक्रि भएको थियो ।  
 
‘रेस ३’ मा बबी देओल, अनिल कपूर, ज्याकलीन फर्नान्डिज, डेजी शाह र साकिब सलीम जस्ता कलाकार प्रमुख भूमिकामा छन् । सलमानले पहिलो पटक यो हिट फ्रेन्चाइजीमा काम गेका हुन् । यसअघि यो फिल्ममा सैफ अली खानले लिड रोल निर्वाहा गरेका थिए ।  
Most Visited News (monthly)