Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ जताततै हाउसफूल, हलमा देखियो यस्तो क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/03/24
 
शुक्रवारबाट प्रदर्शनमा आएको प्रतिक्षीत फिल्म ‘शत्रु गते’ लाई दर्शकले उत्साहजनक साथ दिएका छन् । सिंगल लक्षित भनिएको यो फिल्मप्रति मल्टिप्लेक्समा पनि दर्शक खनिएका छन् ।
 
शनिवार राजधानीका अधिकांश मल्टिप्लेक्समा बिहानैदेखि दर्शकलाई टिकट काट्न हम्मेहम्मे पर्‍यो । सिंगलमा पनि दर्शकको चाप उस्तै ठेलमठेल छ । 
 
 
फिल्म शनिवार बिहानैदेखि काठमाडौं तथा मोफसलका प्रायः सबै स्टेशनमा हाउसफूल छ । सबैभन्दा बढि चर्चामा रहने तथा बिजनेसको हिसाबले महत्व दिईने राजधानीको गोपिकृष्ण हलमा दिउँसो २ बजेको शो मा ६ वटा पर्दा हाउसफूल बनेका छन् ।
 
त्यस्तै, अष्टनारायण, गुण लगायतका हलहरुमा पनि दर्शकको चाप उस्तै रहेको वितरक गोपाल कायस्थले जानकारी दिए । 
 
 
‘फिल्मप्रति दर्शकले दिएको माया र साथबाट उत्साहित छु’, निर्देशक प्रदीप भट्टराईले भने, ‘राम्रो फिल्म बनाए चल्छ भन्ने कुरा प्रमाणित भएको छ ।’
 
शनिवार बिहानैदेखि राजधानीका विभिन्न हल चहारिरहेका अभिनेता पल शाह, निर्माता तथा कलाकार किरण केसी, अभिनेत्री आँचल शर्मा, प्रियंका कार्की, दीपाश्री निरौला, बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दर्शक प्रतिक्रियाबाट सन्तुष्ट देखिन्थे । 
 
 
दिउँसो साढे १ बजे गोपीकृष्ण हलमा फिल्मका कलाकारको क्रेज कमालको देखिन्थ्यो । कलाकारले 'रुपै मोहनी' र 'पिरतीको बर्को' गीत गाउँदा दर्शकले पनि उफ्रिउफ्रि साथ दिए ।
 
निकैबेर पल र आँचलसहित अन्य कलाकारलाई दर्शकसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याई नभ्याई देखियो । मल्टिप्लेक्स र सिंगल दुबैथरी दर्शकले उक्त फिल्मप्रति राम्रो बोलेका छन् । 
 
 
नेपाली फिल्मको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा पनि ‘शत्रु गते’ को टिकट नपाएर दर्शकहरु घर फर्किएका छन् । फिल्म हेरेपछि दर्शकले यसको संगीत, कलाकारको अभिनय, पटकथा, संवाद र कमेडी पाटोलाई मन पराएका छन् ।  
 
 
सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । फिल्ममा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । 
Most Visited News (monthly)