Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नु ल ५’ मा केकीको इन्ट्री

फिल्मीखबर, काठमाण्डौ, 2018/03/24
नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा गरिएको छ ।
 
मैतीदेवी मन्दिरमा निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको पूजाआजा गरिएको हो । 
 
चैत १२ गतेबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक विकास राज आचार्यले निर्माण र निर्देशन गर्दैछन् । ‘नाईं नभन्नु ल ५’ मा अभिनेत्री प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मीको निरन्तरता रहनेछ ।
 
यस्तै, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी पनि फिल्ममा लिड रोलमा अनुवन्धित भएका छन् । 
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक आचार्यले अभिनेत्री केकी अधिकारी पनि फिल्ममा भित्रिएको जानकारी दिए ।
 
उनले भने, ‘उहाँको विशेष भूमिका छ । स्क्रिप्ट सुनेपछि उहाँले एकै पटकमा फिल्म गर्ने वचन दिनुभयो ।’ केकीको भूमिकाको विषयमा भने उनले केही खुलाउन चाहेनन् । 
 
वर्ष २०७५ को भदौ ८ गतेलाई प्रदर्शन मिति लक गरिएको यो फिल्ममा प्रियंकाले स्वस्तिमाको आमाको भूमिका निर्वाहा गर्ने छिन् । ‘नाईं नभन्नु ल ५’ मा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । 
 
निर्देशक आचार्य उक्त फिल्मबाट नयाँ नायक लञ्च गर्दैछन् । नाम भने गोप्य राखिएको छ । सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद फिल्ममा छ ।
Most Visited News (monthly)