Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हजार करोडमा ‘महाभारत’ बनाउँदै आमिर

एजेन्सी, मुम्बई, 2018/03/24
बलिउड सुपरस्टार आमिर खान अचेल आफ्नो नयाँ फिल्म 'ठग्स अफ हिन्दोस्तान' को सुटिङमा व्यस्त छन् । यसपछि उनको हातमा अर्को एक फिल्म छ ।  यो फिल्म बलिउड इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो फिल्म हुनेछ, जसमा आमिर लिड रोलमा हुनेछन् । 
 
फिल्म भारतको सबैभन्दा महान ग्रन्थ 'महाभारत' मा बन्नेछ र मेगा बजेटमा निर्माण हुनेछ । ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका छन् । फिल्मलाई रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीले को-प्रोड्यूस गर्नेछन् । 
 
 
उक्त फिल्मको बजेट हजार करोडभन्दा बढी हुने बताइएको छ । रमेशका अनुसार, 'महाभारत' को यो सिरिज ठिक त्यही रुपमा हुनेछ, जस्तो कि हलिउडको 'लर्ड्स अफ द रिंग्स' र 'गेम्स अफ थ्रोन्स' को सिरिज हो । 
 
आमिर खानले एक अन्तर्वार्ताको क्रममा 'महाभारत' जस्तो विग प्रोजेक्ट गर्ने आफ्नो सपना रहेको बताएका छन् । उनी भन्छन्, 'यसका लागि मैले करिअरको कम्तीमा पनि १५-२० वर्ष दिनु पर्छ । मलाई मन पर्ने क्यारेक्टर कर्ण हो तर, मलाई थाहा छैन कि यो भूमिकाका लागि म योग्य छु वा छैन ।' 
Most Visited News (monthly)