Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

यस्तो रह्यो ‘शत्रु गते’ को ओपनिङ अकुपेन्सी

फिल्मीखबर, काठमाण्डौ, 2018/03/23
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी प्रदर्शनमा आएको बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ ले सिंगल र मल्टिप्लेक्स स्क्रिन सबैतिर दर्शकको राम्रो साथ पाएको छ । शुक्रवार बिहानैदेखि अधिकांश हलमा दर्शकको चाप देखिन्थ्यो । 
 
एडभान्स बुकिङ नै आक्रामक रहेको यस फिल्मको बिहानी, दिवा र रात्री शो कस्तो रह्यो दर्शकलाई कौतुहलताको विषय हुनसक्छ । शुक्रबारको बिहानी शो मा ‘शत्रु गते’ अकुपेन्सी ६०, दिवा शो मा ९० र रात्री शो मा ६० प्रतिशतको आसपास रहेको छ । सिंगल र मल्टिप्लेक्समा फिल्म हेरेका दर्शकले उत्कृष्ट बोलेका छन् । 
 
निर्देशक प्रदीप भट्टराई दर्शक प्रतिक्रियाबाट सन्तुष्ट देखिन्थे । बिहानैदेखि राजधानीका हल चहारिरहेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा पनि दर्शकबाट मिलेको प्रतिक्रियाबाट उत्साहित भएको बताउँछन् । काठमाडौं भ्यालीका वितरक गोपाल कायस्थले फिल्मको ओपनिङ अकुपेन्सी सुखद रहेको बताए । 
 
 
उनी भन्छन्, ‘बिहान गोपीकृष्णको ठूलो हल (गोपी) करीब हाउसफूल थियो । दिउँसो गोपी र ऊँ हाउसफूल रहे । अष्टनारायणको हजार सिट संख्या रहेको हल दिउँसो हाउसफूल रह्यो । बिहान ठिकठाक थियो ।’
 
यस्तै, राजधानीका गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पनि बिहानैदेखि दर्शकको उपस्थिति सुखद रहेको वितरक कायस्थ बताउँछन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि फिल्म हेर्ने दर्शकको चाप राम्रो छ ।  
 
शनिवार सार्वजनिक विदा भएका कारण बिहानैदेखि सिंगल र मल्टिप्लेक्स हाउसफूल हुने निर्माण पक्षको विश्वास छ । यो फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।
 
फिल्ममा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । साथमा, फिल्मको ट्रेलरमा देखिएको कमेडी, कलाकारको अभिनय र संवादले पनि यसलाई प्रतिक्षित बनाएको थियो । 
 
शुक्रवार पहिलो शो का दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पर्ने देखिन्छ । फिल्म हेर्ने दर्शकले कलाकारको अभिनय र कमेडी संवादलाई औधी रुचाएका छन् । शुक्रवार ११ बजे काठमाडौंको कुमारी हलमा आयोजना गरिएको प्रेस शो मा पनि सञ्चारकर्मीले फिल्मको तारिफ गरेका छन् । 
 
सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । 
Most Visited News (monthly)