Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसिताको नजरमा प्रदीप : ‘श्रीमान् हुन योग्य’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/23
‘प्रेमगीत’ बाट रातारात स्टार बनेका अभिनेता हुन् प्रदीप खड्का । वर्ष २०७२ अगाडिसम्म कुम्लोकाम्लो बोकेर अष्ट्रेलिया जान ठिक्क परेका उनी अहिले धेरैका ढुकढुकी बनेका छन् । 
 
पछिल्लो समय उनी जुन फिल्ममा आवद्ध हुन्छन् त्यो दर्शकमाझ त्यसै प्रतिक्षीत हुने गर्छ । निर्माता पनि प्रदीप लिड रोलमा भएपछि आफ्नो लगानी सुरक्षित भएको महशुस गर्दछन् । 
 
यसवर्षको अन्त्य अर्थात्, चैत ३० गते उनी अभिनीत नयाँ फिल्म ‘लिलिबिली’ देशैभर प्रदर्शनमा आउँदैछ । प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा प्रदीपको जोडी नव-अभिनेत्री जसिता गुरुङसँग बाँधिएको छ ।
 
हाल फिल्मको प्रमोशनमा दिनरात खटिरहेका प्रदीप र जसिताले ‘लिलिबिली’ बाट दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताउँछन् । प्रदीप भन्छन्, ‘राम्रो कथा छ । अभिनयमा अब्बल कलाकारहरुको अभिनय छ । राम्रो टिमले निर्माण गरेको हो । यसकारण यो फिल्म दर्शकको मनमा बस्छ भन्नेमा मलाई शंका छैन ।’ 
 
 
यस्तै, जसिता पनि आफूले डेब्यू फिल्मबाट ठूलो आश बोकेको बताउँछिन् । ‘फिल्म निकै राम्रो बनेको छ । मैले जे सोचेकी थिएँ त्यो डेब्यू फिल्मबाट पाएको छु । प्रदीप जस्तो स्टारसँग काम गर्न पाएँ मेरो लागि सबैभन्दा ठूलो कुरा हो ।’ उनको नजरमा प्रदीप रिलमा परर्फेक्ट एक्टर र रियलमा असल साथी हुन् । 
 
‘उसको काम गर्ने शैलीबाट म प्रभावित छु । धेरै मिहिनेत गर्ने कलाकार हो प्रदीप ।’ उनले भनिन् । रियलमा श्रीमान् हुन् योग्य कि अयोग्य ? भन्ने प्रश्नमा जसिता उत्तर दिन्छिन्, ‘ऊ राम्रो छ । असल छ । अवश्य पनि श्रीमान् हुन योग्य छ ।’ 
 
उता, प्रदीप पनि जसिता जसको भए पनि श्रीमति हुन योग्य रहेको बताउँछन् । ‘पढेलेखेको मान्छे । सबैलाई सम्मान गर्छिन् । श्रीमतिमा हुनु पर्ने गुण उनीमा छ ।’ उनले पनि जसितालाई मख्ख बनाए ।
 
‘लिलिबिली’ को दुई गीत र ट्रेलरमा यो कपललाई दर्शकले औधी मन पराएका छन् । हरेक फिल्ममा जोडी नसुहाएको कमेन्ट सुन्दै आएका प्रदीपले यो फिल्मबाट भने सम्भवतः त्यो गुनासो सुन्ने छैनन् । 
 
मिलन चाम्सले निर्देशन गरेको यस फिल्ममा मिलन, गोविन्द शाही र सुदिप खड्काको लगानी छ । सुदिप बरालले यो फिल्म खिचेका हुन् ।
Most Visited News (monthly)