Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सर्वाधिक हलमा ‘शत्रु गते’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/23
अन्ततः लामो समयको प्रतिक्षा पश्चात यस वर्षको सर्वाधिक बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ हलमा लागेको छ । हरेक हप्ता तीनदेखि चारवटा नेपाली फिल्म रिलिज हुने गरेकोमा यस पटक देशैभर यो फिल्म मात्रै रिलिज भएको छ । 
 
सोलो रिलिजका कारण उक्त फिल्मले देशभर १ सय १० वटाभन्दा बढी हल पाएको खबर छ । यस्तै, राजधानीका मल्टिप्लेक्समा पनि फिल्मले उच्च शो पाएको छ ।
 
फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।
 
 
‘शत्रु गते’ को एडभान्स बुकिङ आक्रामक छ । यही हिसाबले जाने हो भने यो फिल्मले दैनिक १ करोडभन्दा माथिको व्यापार गर्ने अनुमान फिल्मी पण्डितको छ । उक्त फिल्मले 'छक्का पञ्जा' को १६ करोडको एतिहासिक व्यापारिक रेकर्ड तोड्न सक्ने आँकलन गरिएको छ । 
 
फिल्ममा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । साथमा, फिल्मको ट्रेलरमा देखिएको कमेडी, कलाकारको अभिनय र संवादले पनि यसलाई प्रतिक्षित बनाएको हो ।
 
‘शत्रु गते’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।
 
प्रदीप भट्टराई निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । 
 
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।
Most Visited News (monthly)