Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो डरलाग्दो बन्यो ‘सुनकेसरी’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/03/22
नायिका ऋचा शर्मा निर्मित तथा अभिनित नयाँ फिल्म ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर डरलाग्दो बनाइएको छ । ‘सुनकेसरी’ हरर फिल्म हो । 
 
अर्पण थापा निर्देशित यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
 
 
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर फिल्म बनाएको बताइन् । उनी भन्छिन्, ‘अब सेतो साडी लगाएर दर्शक तर्सिदैनन् । हरेक कुरा नेचुरल हुनु पर्छ । यो फिल्मले जबर्जस्ती दर्शक तर्साउँदैन ।’ 
 
उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ । 
 
फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । 
 
जेठ ११ गते प्रदर्शन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)