Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिहे गरेर गल्ति गरेँ: नवाजुद्दीन

एजेन्सी, मुम्बई, 2018/03/22
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको एक अन्तर्वार्ता यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ । एक प्रश्नमा उनले विवाह गर्नु आफ्नो सबैभन्दा ठूलो गल्ति रहेको बताएका छन् । 
 
खासमा, नवाजको किताबमा फेमिलीलाई लिएर गरिएको एक कमेन्टमा फिल्म क्रिट‍िक अनुपमा चोपडाले सोधेको प्रश्नको उत्तर दिँदै उनले भने, ‘मैले गल्ति गरेँ । अझै पनि म समय दिन सकिरहेको छैन । बढीजसो समय म आफ्नो काममा नै व्यस्त हुन्छु ।’ 
 
 
‘बच्चा र श्रीमतिलाई आफ्नो एक प्रोपर टाइम चाहिन्छ । म यदी बसिमात्र रहेको छु भने पनि अलगै विचारमा हुन्छु । मेरो दिमाग आफ्नो रोलमा रहने गर्छ ।’ नवाजले आफ्नो किताबमा अगाडि लेखेका छन्, ‘मलाई आफ्नो फेमिलीलाई लिएर फोकस जिरो छ ।’ 
 
नवाज अगाडि भन्छन्, ‘मलाई आफ्नो रोलमा रहन मज्जा लाग्छ ।  म जब रियल लाइफमा आउँछु तब मलाई मान्छेदेखि एकदम डर लाग्छ । म रियल लाइफ फेस नै गर्न सक्दिनँ । जहाँ ४-५ जना मान्छे देख्छु तब मेरा मन भन्छ 'यहाँबाट भाग' । यसैकारण हो म कुनै इभेन्टमा जान्नँ । वास्तवमै मलाई रियल लाइफ फेस गर्न एकदम डर लाग्छ ।’ 
 
‘रियल लाइफमा हजार झुट बोल्नु पर्छ, त्यसदेखि म डराउँछु । मलाई यसकारण गिल्ट हुन्छ कि यदी म रियल लाइफमा गए भने झुट बोल्नु पर्छ । त्यसैले मलाई क्यारेक्टरमै मज्जा आउँछ ।’ उनले भने । केही समय अगाडि नवाज र उनको श्रीमतिवीच सम्बन्ध ठिकठाक नभएको खबर बाहिर आएको थियो । 
Most Visited News (monthly)