Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘खुपीका बा’ अब ‘लखपति माग्ने’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/22
हास्यटेलिसिरियल 'भद्रगोल' मा 'के त भन्दाखेरि आखिरमा होन्त' भन्ने डाइलग र 'खुपीका बा' भनेर चिनिएका कलाकार कमलमणि नेपालले नयाँ फिल्म ‘लखपति माग्ने’ मा माग्नेको भूमिका निर्वाहा गर्ने भएका छन् । 
 
हाल छायांकन भइरहेको यस फिल्मलाई नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाले निर्देशन गरिरहेकी छिन् । उनी आफैंले लेखेको यस फिल्मको पचली भैरवबाट छायांकन सुरु भएको हो । 
 
ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको फिल्मका निर्माता भने प्रकाश चन्द्र महर्जन हुन् । फिल्मको सह-निर्मातामा भने राजेश खड्गी रहेका छन् । 
 
 
फिल्ममा विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाललगायतका कलाकारको पनि अभिनय रहनेछ । 
 
शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालको गीत रहेको उक्त फिल्ममा सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेको संगीत छ । 
 
काठमाडौं र धुलिखेलमा खिचिने फिल्मका छायाँकार रामेश्वर हुमागाई हुन् भने, तारा थापा 'किम्भे' ले सम्पादन गर्नेछन् । 
Most Visited News (monthly)