Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ मा पललाई को थ्रेट ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/22
लभस्टोरी फिल्ममा सबैभन्दा बढी खोजिने अभिनेता हुन् पल शाह । पाँच सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका उनले विकासराज आचार्यको ब्यानरमा निर्मित 'नाई नभन्नू ल ४' फिल्मबाट लिड रोलमा ब्रेक पाए । फिल्म हिट भयो । यसपछि उनले आफूलाई पछाडि फर्किएर हेर्नु नै परेको छैन । 
 
दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' पनि हिट हुँदा पलको डिमाण्ड थप चुलियो । तर, तेस्रो फिल्म 'जोनी जेन्टलम्यान' ले भने अपेक्षाकृत विजनेश गरेन । यतिबेला उनी चौँथो फिल्म 'शत्रु गते' को रिलिज पर्खिएर बसेका छन् ।
 
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, आँचल शर्मा जस्ता कलाकारको अभिनय रहेको फिल्ममा पल पनि लिड रोलमा छन् । 
 
 
फिल्ममा तेस्रो पटक पलले आँचलसँग रोमान्स गरेका छन् । 'जोनी जेन्टलम्यान' बक्सअफिसमा असफल भएका कारण उनलाई 'शत्रु गते' हिट हुन कति आवश्यक छ ? पत्रकारको प्रश्नमा पल भन्छन्, ‘मैले परिक्षा दिएको छु । परिक्षामा पास हुने इच्छा सबैलाई हुन्छ । यसकारण मेरो लागि मात्र होइन हामी सबैका लागि 'शत्रु गते' हिट हुन पर्छ ।’ 
 
एकपछि अर्को फिल्मबाट आफूलाई रुन्चे हिरोको रुपमा प्रमाणित गर्दै आएका पलले 'शत्रु गते' मा पनि त्यसलाई निरन्तरता दिएका छन्, जुन ट्रेलरमा पनि हेर्न सकिन्छ । उनी आफूलाई दर्शकले जुन भूमिकामा रुचाउँछन् त्यो ट्रयाक परिवर्तन नगर्ने बताउँछन् । 
 
‘जिउँदा भगवान जस्ता दर्शकले मलाई रुन्चे क्यारेक्टरमा नै बढी मन पराउनु भएको छ । त्यसैले म आफ्नो ट्रयाक परिवर्तन गर्न चाहन्नँ । यदी परिवर्तन गरेँ भने दर्शकबाट जति माया पाएको छु त्यो गुमाउँछु कि भन्ने डर छ ।’ उनी भन्छन् ।
 
'नाई नभन्नू ल ४', 'म यस्तो गीत गाउँछु' र 'जोनी जेन्टलम्यान' भन्दा 'शत्रु गते' मा आफ्नो भूमिका विल्कुलै फरक रहेको उनको भनाई छ । पल 'शत्रु गते' मा नाम चलेका कलाकारसँग स्क्रिन शेयर गर्दैमा आफू छायाँमा नपर्नेमा पनि ढुक्क देखिन्छन् । 
 
‘फिल्मको स्क्रिप्ट पढ्नु अगाडि मलाई केही डर भने थियो । अधिकांश नाम चलेका कलाकारको अभिनय रहने फिल्ममा मैले काम गर्नु ठिक हुन्छ र ? भन्ने प्रश्नले म आफैंलाई सताएको थियो । तर जब स्क्रिप्ट सुनेँ तबदेखि त्यो डर र चिन्ता सबै हरायो । निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ मा कोही कलाकारलाई छायाँमा पर्न दिनुभएको छैन ।’ उनले भने । 
 
पल थप्छन्, ‘सबै ठाउँमा मै सोलो खेल्छु, मेरै फिल्म हिट हुनु पर्छ भन्ने सोच मलाई कहिले आएन । राम्रो छवि बनाउनुभएको मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दाईको छत्रछायाँमा रहेर मैले काम गर्न पाएँ त्यो नै मेरो लागि ठूलो कुरा हो । नेपालकै रियल स्टार्ससँग फिल्ममा काम गर्न पाएको छु । त्यो भन्दा खुसीको कुरा मलाई अरु के हुन्छ र ?’  
 
चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शत्रु गते’ मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।
 
‘शत्रु गते’ को अग्रिम बुकिङ खुल्ला 
 
यस फिल्मको प्रदर्शनको दुई दिन अगावै मल्टिप्लेक्समा एडभान्स बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवार साँझबाटै बुकिङ ओपन गरिएको हो ।
 
 
फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।
 
बुकिङ आक्रामक भएको खण्डमा फिल्मको शोमा बिहीवार साँझबाट वृद्धि हुने निर्माण पक्षको भनाई छ । बुकिङ खुल्ला गरिएसँगै मल्टिप्लेक्समा ‘शत्रु गते’ को टिकट दर्शकले रिजर्भ गरिरहेका छन् । 
Most Visited News (monthly)