Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ पोष्टरमा प्रदीप र जसिताको रोमान्टिक अवतार

फिल्मीखबर, काठमाण्डौ, 2018/03/21
युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ का तीन रोमान्टिक पोष्टर सार्वजनिक भएका छन् । फिल्म निर्माण पक्षले बुधवार नव-नायिका जसिता गुरुङ र प्रदीप फिचरिङ पोष्टर सार्वजनिक गरेको हो । 
 
पोष्टरमा जसिता, प्रदीपको अंगालोमा समाहित भएकी छिन् । यी रोमान्टिक पोष्टरले फिल्मप्रति दर्शकमा झनै उत्सुकता बढाएको छ ।
 
 
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । 
 
मिलन चाम्स निर्देशित ‘लिलिबिली’ स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो । युथ जेनेरेसन लभस्टोरी भनिएको फिल्म रेगुलर लभस्टोरी जस्तो पनि नभएको निर्देशक चाम्स बताउँछन् । 
 
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । 
 
सुदिप बरालले फिल्म खिचेका हुन् । उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जि.सीको सम्पादन छ । 
Most Visited News (monthly)