Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तिमीसँग’ को टाइटल गीत रिलिज, कति मिल्यो साम्राज्ञी र आकाशको केमेष्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/21
चैत २३ गतेलाई प्रदर्शन मिति लक गरिएको प्रतिक्षीत फिल्म ‘तिमीसँग’ को टाइटल गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् । गीतको लोकेशन, मेकिङ उत्कृष्ट छ ।
 
 
गीतमा अन्नपूर्ण बेशक्याम्पको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु शुशील क्षेत्रीले खिचेका हुन् । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा आकाश र साम्राज्ञीको जोडी कमालको देखिएको छ ।
 
यो गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीले आवाज दिएका छन् । राहुल मुखर्जीले संगीत भरेको गीतलाई लेखु सहयात्रीले लेखेका हुन् । यसअघि सार्वजनिक ट्रेलर ६ लाख बढी दर्शकले युट्युबमा हेरिसक्दा सार्वजनिक यो गीत पनि हिट हुने आँकलन निर्माण युनिटको छ ।
 
‘तिमीसँग’ मा नाजिर हुसेन, सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । शिशिर राणा फिल्मका लेखक, निर्माता र निर्देशक हुन् । उक्त फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 
 
शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ । विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ ।
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)