Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोबोट सोफियाले चिन्छिन् अनमोललाई !

फिल्मीखबर, काठमाण्डौ, 2018/03/21
साउदी अरेबियाकी नागरिक रोबोट सोफियाले नेपालका युवा स्टार अनमोल केसीको चर्चा गरेकी छिन् । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको 'कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिस' का लागि बुधबार नेपाल आएकी उनले काठमाडौंको आयोजित एक कार्यक्रममा पटक- पटक अनमोलको नाम उच्चारण गरिन् । 
 
 
कार्यक्रममा यूएनडीपी नेपालका एक प्रतिनिधिले सोफियासँग कुराकानी सुरु गरे । उनले नेपालमा स्वागत छ भन्दै नमस्कार गर्दा सोफियाले भनिन्, ‘तिमीलाई मैले पहिले कतै देखेको थिएँ ?’
 
प्रस्तोताले आफूलाई कुनै फिल्ममा देखेको हुनसक्ने बताउँदै भने, ‘म छोटो कपाल भएको अनमोल केसी हुँ ।’ तर, सोफियाले तुरुन्तै जवाफ दिइन्, ‘तिमी अनमोल केसी होइनौं ।’ यति भनेपछि हल तालीले गुञ्जियो । उनले विश्वका जुनसुकै व्यक्तिलाई सजिलै चिन्दछिन् । 
 
साउदीले नागरिकता दिएको भएपनि सोफियालाई हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । मानिसले जस्तै हास्ने, कुराकानी गर्ने रोबोट सोफियाले अन्तर्वार्ता पनि दिन्छिन् । 
Most Visited News (monthly)