बलिउड अभिनेता शाहिद कपूर अचेल फिल्म ‘बत्ती गुल मीटर चालू’ को सुटिङमा व्यस्त छन् । यसपछि उनी मनोज कुमारको एक फिल्मको रिमेकमा काम गर्न सक्ने खबर छ । खबरअनुसार, फिल्ममा ऐश्वर्यालाई साइन गर्ने तयारीमा भइरहेको छ ।
वर्ष १९६४ मा रिलिज भएको फिल्म ‘वो कौन थी’ लाई सायद कसले पो विर्सन्छ र ? फिल्मको कहानीदेखि गीत अझै पनि दर्शकलाई कन्ठ छ ।
यही फिल्मको रिमेकमा मनोज कुमारको ठाउँमा शाहिद र साधनाको ठाउँमा ऐश्वर्या रायलाई कास्ट गर्ने तयारी भइरहेको छ ।

'ट्वाइलेट : एक प्रेम कथा' र 'प्याडम्यान' जस्ता हिट फिल्मको मेकर्स यो सुपरहिट फिल्मको रिमेक निर्माणमा जुटेका छन् । फिल्ममा साधनाको रोलमा ऐश्वर्या रायलाई कास्ट गर्नका लागि फिल्ममेकर्स निकै उत्सुक देखिएको छ ।
सबै ठिकठाक भयो भने शाहिर र ऐश्वर्याले पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्नेछन् । फिल्म ‘वो कौन थी’ एक साइकोलोजिकल मिस्ट्री फिल्म थियो ।
राज खोसला निर्देशक थिए र यसको कहानी ध्रुव चटर्जीले लेखेका थिए । फिल्मको ‘लग जा गले’ बोलको गीत आजपनि सबैको मानसपटलमा ताजै छ ।

