Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

केकीलाई झट्का : न ‘राज्जा रानी’, न त ‘हुर्रे’ नै हिट

फिल्मीखबर, काठमाण्डौ, 2018/03/21
‘स्वर’ फिल्मबाट डेब्यु गर्दा अभिनेत्री केकी अधिकारीलाई सम्भावना बोकेको नायिकाको रुपमा हेरिएको थियो । जुनसुकै भूमिकामा आफूलाई फिट राख्न सफल उनी केही वर्ष राम्रै चलिन् । उनका केही फिल्म जेनतेन फिट पनि भए । केहीले पानी पनि माग्न पाएनन् । 
 
कहिले चुलबुले त कहिले साधारण गाउँले भूमिकाबाट उनले दर्शक रिझाउन कुनै कसर बाँकी राखिनन् । दर्शकले पनि उनलाई खुब रुचाए । तर, जति अपेक्षा उनीमाथी फिल्म क्षेत्रले राखेको थियो त्यसमा भने केकी खरो रुपमा उत्रन सकिनन् । हुनत, लगातार फ्लप फिल्मले मात्र अंगालो मार्दा उनले गर्न के नै पो सक्थिन् र ? 
 
 
फिल्म पाइरहेकी छिन् सायद अहिले उनी यसैमा खुसी छिन् । सोलो नायिकाको रुपमा एक हिट फिल्मको व्यग्र प्रतिक्षामा रहेकी केकीका यस वर्ष चार फिल्म रिलिज भए । फिल्म हुन्- ‘ऐश्वर्य’, ‘घामपानी’, ‘राज्जा रानी’ र ‘हुर्रे’ । यी मध्ये ‘ऐश्वर्य’ ले मात्र लगानी सेभ गर्‍यो । ‘घामपानी’ को विजनेश ठिकठाक रह्यो । न हिट न फ्लप । 
 
‘ऐश्वर्य’ मा निर्वाहा गरेको चुलबुले क्यारेक्टरले दर्शकको मन जित्यो । तर, यस फिल्ममा नव-अभिनेत्री दीपिका प्रसाईँ हाबी हुनाले उनी छायाँमा परिन् । ‘राज्जा रानी’ मा श्रीमान नाजिर हुसेनबाट शोषण सहन बाध्य यूवतीको भूमिका निर्वाहा गरेकी केकीले ‘हुर्रे’ मा मेनका बनेर केटा फसाइन् । तर अपसोस, दुबै फिल्म बक्सअफिसमा नउठ्ने गरि बसे । 
 
‘राज्जा रानी’ बाट ठिकठाक तारिफ पाए पनि वर्ष २०७४ मा हिट नायिका बन्ने सपना केकीको फेरि अधुरै रह्यो । अब उनको आश र भरोसा आफूले नै निर्माण र अभिनय गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ माथि छ, जुन बैशाख १४ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । 
 
केकीले पहिलो पटक निर्माणमा हात हालेको फिल्म हो यो । विशाल भण्डारी उक्त फिल्मका निर्देशक हुन् । अन्य ब्यानर रोज्दा 'अनलक्की' साबित भएकी केकीलाई अब आफ्नै ब्यानरमा निर्मित फिल्मले राहत देला कि ? 
 
आशा गरौँ- ‘कोहलपुर एक्सप्रेस’ बाट उनको फिल्मी करिअरको गाडी द्रुत गतिमा अगाडि बढ्ने छ ।
Most Visited News (monthly)