Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको ‘रेस ३’ पोष्टर आउट

एजेन्सी, मुम्बई, 2018/03/19
बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को पहिलो पोष्टर रिलिज भएको छ । गएको हप्ता सलमानले सोसल मिडियामार्फत फिल्मको लोगो सार्वजनिक गरेका थिए ।  
 
उनले फिल्मको फर्स्ट पोष्टर सोसल मिडियामा सार्वजनिक गर्दै लेखेका छन्, ‘यो हप्ता मिलाउने छु ‘रेस ३’ को फेमिलीसँग । मेरो नाम हो सिकन्दर । स्वार्थी तर निस्वार्थ ।’ सलमान खानको यो लुक्सले अनुमान लगाउन गाह्रो छैन कि फिल्ममा उनको जर्बजस्त एक्सन हेर्न पाइनेछ ।  
 
सलमानले आजसम्म फिल्ममा भिलेनको भूमिका निर्वाहा नगरेका कारण उनले ‘रेस ३’ मा नेगेटिभ रोल चयन गरेका हुन् । उक्त फिल्ममा उनको रोल पूरै नेगेटिभ भने छैन । उनी ‘रेस ३’ मा साइकोलोजिकल भिलेनको भूमिकामा देखिँदैछन् ।    
 

सलमानको लुकसँगै फिल्मको रिलिज डेट पनि कन्फर्म गरिएको छ । पोष्टरमा फिल्मको रिलिज डेट १५ जून उल्लेख छ । यस फिल्ममा सलमान खानका अलावा ज्याकलीन फर्नान्डिस, अनिल कपूर, डेजी शाह, बबी देओल र साकिब सलीम जस्ता एक्टर्स पनि देखिँदैछन् ।   
 
स्मरण रहोस्, सलमानको गएको २२ डिसेम्बरमा फिल्म ‘टाइगर जिन्दा हे’ प्रदर्शनमा आएको थियो । भारतीय बक्सअफिसमा ३ सय करोडभन्दा बढी कलेक्सन गरेको यो फिल्मका कारण ‘रेस ३’ लाई ठूलो फाइदा पुग्ने धेरैको अनुमान छ । सलमानका प्रशंसक फेरि पनि उनको एक्सन अवतार हेर्न व्यग्र प्रतिक्षामा छन् । 
Most Visited News (monthly)