Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

‘लम्फू’ गीत : दोधारमा परिन् मरिश्का

फिल्मीखबर, काठमाण्डौ, 2018/03/19
वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ को दोश्रो गीत ‘दोधारमा परेँ म’ को भिडियो रिलिज भएको छ । यो गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेका छन् ।
 
 
यस गीतमा नायिका मरिश्का पोखरेल र नव-नायक कबिर खड्का फिचरिङ छन् । गीतले एक युवतीले आफ्नो बैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ ।
 
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । 
 
उक्त फिल्ममा 'तरकारीवाली' को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । 'लम्फू' लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
 
फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले फिल्ममा कस्ट्युम डिजाईन गरेकी छन् ।
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)