Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिरोज’ गीतमा छल्कियो करिश्मा र मुकेशको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2018/03/19
लामो समयदेखि पर्दामा नदेखिएकी अभिनेत्री करिश्मा मानन्धर अभिनीत फिल्म ‘हिरोज’ को नयाँ गीत सार्वजनिक भएको छ । 'यो प्रित' बोलको गीतमा करिश्मा र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ ।
 
प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । बिकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ । 
 
 
चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई एनबि महर्जनले निर्देशन गरेका हुन् । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । 
 
जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 
 
फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णिमा बताउँछिन् । फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ । 
 
भिडियो :-

Most Visited News (monthly)