Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कामेश्वरको ‘अमेरिका बोइज’ टिजरमा कमेडी नै कमेडी

फिल्मीखबर, काठमाण्डौ, 2018/03/19
वर्ष २०७५ को जेष्ठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अमेरिका बोइज’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजर कमेडीले भरिएको छ ।
 
अमेरिकाबाट फर्किएका अभिनेता अर्पण थापाको बाटोमा कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा लगायतका पात्र अवरोध बनेका छन् । टिजरमा कामेश्वर हावी छन् । 
 
 
प्रवेश पौडेलको निर्देशनमा तयार भएको फिल्ममा श्रृष्टी कार्की, अभय बराल, आशिश प्रसाईँ, शारदा गिरी लगायतका कलाकारको पनि अभिनय हेर्न सकिनेछ । निर्देशक पौडेल आफैंले उक्त फिल्मको कथा लेखेका हुन् । 
 
प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको फिल्मको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल फिल्मका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।  
 
फिल्मलाई अलोक सुक्लाले खिचेका हुन् । ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने फिल्ममा निमेश श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, दीपक आरजे र जयन जे वाइवाको संगीत छ । 
 
टिजर हेर्नुहोस् :-
 

Most Visited News (monthly)