Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुम्बन र बेडसिन कहिल्यै दिन्नँ : आँचल शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/18
चुम्बन र बेडसिन दिने बित्तिकै हिरोइनको आलोचना सुरु हुन थाल्छ । कतिपय हिरोइनले त्यही आलोचनालाई पनि चर्चामा आउने मेलो भन्ठान्ने गरेको पाइन्छ । तर, नायिका आँचल शर्माले भने फिल्ममा कहिल्यै चुम्बन र बेडसिन नदिने अठोट लिएकी छिन् । 
 
चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको आफू अभिनीत फिल्म 'शत्रु गते' को पत्रकार भेटघाटमा उनले यो कुराको उद्घोष गरिन् । उनी भन्छिन्, 'मैले आजसम्म कुनै फिल्ममा न चुम्बन न त बेडसिन नै दिएकी छु । र, भोलीका दिनमा पनि दिन्नँ ।' 
 
एकपछि अर्को फिल्ममा अभिनेता पल शाहसँग काम गर्दा उनीहरुको प्रेम सम्बन्धको हल्ला सिनेवृतमा दिन प्रतिदिन फस्टाउँदै गएको छ । पटक-पटक यो कपलले आफूहरु साथी मात्र रहेको बताउँदै आएका छन् ।
 
आइतवार पत्रकारसँगको कुराकानीमा आँचल थप्छिन्, 'धन्न ! मेरो धेरै हिरोसँग नाम जोडिएन । तर पल र म मात्र मिल्ने साथी हौं ।'
 
 
'दुःख लाग्छ केहीले मलाई पलको गलफ्रेण्ड भनेर भन्नुहुन्छ । हामी दुईलाई थाहा छ हामीबीच प्रेम छैन । त्यसैले अब त यो कुरा सामान्य लाग्न थालिसकेको छ ।' उनी भन्छिन् । आँचल, पलसँग नाम जोडिँदा केही कुरामा फाइदा भएको पनि सुनाउँछिन् । 
 
हँसिलो मुद्रामा उनी भन्छिन्, 'पलको गलफ्रेण्ड भनेर मलाई गिफ्टहरु आउने गर्छन् । उहाँको कारण मेरो भिडियोहरुमा 'भ्यूज' धेरै हुने गर्छन् । पलसँग नाम जोडिँदा फाइदा र घाटा दुबै भएको छ ।' उनले फिल्म 'शत्रु गते' बाट आफूले ठूलो आश गरेको पनि बताइन् ।
 
फिल्ममा हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की,  मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाललगायतको पनि अभिनय रहेको छ ।
 
प्रदीप भट्टराई निर्देशित ‘शत्रु गते’ लाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने, यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । 
 
पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायांकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । 
 
दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मको निर्मातामा रहेका छन् । 
Most Visited News (monthly)