Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परमितासँग ‘चङ्गाचेट’ गर्दै आयुष्मान, रोमान्स प्रियंकासँग

फिल्मीखबर, काठमाण्डौ, 2018/03/18
फिल्म ‘चपली हाईट २’ रिलिजको बखत अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री परमिता राज्यलक्ष्मी रानाको प्रेमले सिनेवृतमा ठूलै तरंग ल्याएको थियो । यी दुईले मिडियाको अगाडि आफूहरु एकअर्काको प्रेममा रहेको स्वीकार गरेका थिए । तर, उनीहरुको प्रेम फिल्म रिलिजसम्म मात्र टिक्यो । 
 
जब आयुष्मान फिल्म ‘कथा काठमाण्डू’ मा काम गर्दैगर्दा अभिनेत्री प्रियंका कार्कीसँग नजिकिँदै गए तब परमितासँग उनको ब्रेकअप भयो । अहिले आयुष्मान र परमिता एकअर्काको विषयमा एकशब्द पनि बोल्न चाहँदैनन् ।
 
यस्तैमा सबैलाई एकपटक हैरान बनाउने खबर बाहिर आएको छ । निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘चङ्गाचेट’ मा यो ‘एक्स कपल’ ले सँगै काम गर्ने भएका छन् । 
 
 
अझ, रोचक कुरा त यो फिल्ममा आयुष्मानकी वर्तमान प्रेमिका प्रियंका कार्की पनि लिड रोलमा छिन् । उसो भए आयुष्मानको रोमान्स कोसँग त ? दीपेन्द्रले फिल्मीखबरसँग भने, ‘चङ्गाचेट’ मा आयुष्मान र प्रियंकाको जोडी बाँधिएको छ ।’ 
 
उनका अनुसार, फिल्ममा परमिताको पनि लिड रोल छ । एउटै फिल्ममा आयुष्मान पूर्व र वर्तमान प्रेमिकासँग काम गर्दैछन् । दर्शकलाई उक्त फिल्मको प्रतिक्षा अब खुब रहनेछ ।
 
जनकपुर, काठमाडौं र पोखरामा खिचिने फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत रहनेछ ।
 
रविन्द्र झा, ऋचा शर्मा, सन्दिप क्षेत्री, सन्ध्या केसी लगायतका कलाकाहरुको पनि अभिनय रहने कमेडी जनरामा निर्माण हुन लागेको यो फिल्मका निर्माता माधव वाग्ले हुन् । 
Most Visited News (monthly)