Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असन्तुष्टिका बीच अनमोलसँगै हङकङ पुगे अनुप

फिल्मीखबर, काठमाण्डौ, 2018/03/18
युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ ले नेपाल प्रदर्शनसँगै विदेश फन्को लगाउन सुरु गरेको छ । जापान हुँदै अब यो फिल्म हङकङमा प्रदर्शन हुँदैछ । यसका लागि यतिबेला निर्माता भुवन केसी र अभिनेता द्वय अनमोल र अनुप विक्रम शाही हङकङ पुगेका छन् । 
 
अनुपको ‘कृ’ निर्माण टिमसँग सम्बन्ध चिसिएको खबर बाहिर आइरहँदा उनी अनमोलसँगै फिल्मको प्रिमियरका लागि हङकङ पुग्नुले सबैलाई हैरान बनाएको छ । यसअघि केही मिडियासँग अन्तर्वार्ता दिने क्रममा अनुपले आफ्नो भागको केही सिन काटिएकोमा दुखेसो पोखेका थिए । 
 
 
‘एचकेदर्पण’ सँगको संक्षिप्त कुराकानीमा अनुपले हङकङबासी नेपालीसँग आफू अभिनीत फिल्म हेर्न इच्छुक रहेको बताएका छन् । यस्तै, भुवन र अनमोल पनि हङकङबासी नेपालीबाट ‘कृ’ को फिडब्याक लिन आतुर रहेको बताए । आइतवार साँझ हङकङको युनलोङ थिएटरमा फिल्मको प्रिमियर हुँदैछ । 
 
‘कृ’ मा अनमोल र अनुपसँगै अदिती बुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको पनि मुख्य भूमिका छ । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् । 
 
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
Most Visited News (monthly)