Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मन परेपछि’ निर्माताले खोले स्टुडियो

फिल्मीखबर, काठमाण्डौ, 2018/03/18
फिल्मको प्राविधिक कार्यका लागि उच्च प्रविधि जडानसहित राजधानीमा सुविधा सम्पन्न स्टुडियो ‘रिङ’ सञ्चालनमा आएको छ । ललितपुरको एकान्तकुनामा स्टुडियो ‘रिङ’ लाई फिल्म ‘बाजी’ र ‘मन परेपछि’ का निर्माता तथा संगीतकर्मी दिपक रमणले सञ्चालनमा ल्याएका हुन् । 
 
 
दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले पनि दिपकसँग स्टुडियोमा सहकार्य गरेका छन् । स्टुडियोमा गीतसंगीतका सबै कामदेखि फिल्मको डविङ र पोष्ट प्रोडक्शनको काम हुने सञ्चालक दिपकले जानकारी दिए । 
 
स्टुडियोलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले शनिवार संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनमा केही गीत रेकडिङसहित स्टुडियो सञ्चालनमा ल्याईएको हो ।
Most Visited News (monthly)