Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो सातामा पनि ‘मंगलम’ कै दबदबा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/17
प्रदर्शनको पहिलो हप्ता सिनेमा घरहरुमा आफ्नो एकलौटी वर्चश्व जमाएको फिल्म ‘मंगलम’ ले दोस्रो सातामा पनि आफ्नो दबदबा कायमै राखेको छ । 
 
शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन । सिंगल ‘स्कृन’ मा उक्त फिल्मले दर्शकबाट राम्रो रेस्पोन्स बटुलिरहेको छ । 
 
 
मल्टिप्लेक्समा पनि फिल्म हेर्ने अडियन्सको संख्यामा वृद्धि हुँदै गएको काठमाडौं भ्यालीका वितरक गोपाल कायस्थले जानकारी दिए । ‘दोस्रो सातामा पनि फिल्म हेर्ने दर्शक देखेर म आफैं चकित भएको छु । पहिलो हप्ताभन्दा दर्शक बढेको पाइयो । शनिवार देशैभर हाउसफूलको रिपोर्ट प्राप्त छ ।’ वितरक कायस्थले भने । 
 
उनले फिल्मको यकिन कलेक्सन रिपोर्ट भने दिन चाहेनन् । कायस्थ थप्छन्, ‘फिल्मको विजनेशको त हिसाब-किताब नै गर्नुपर्छ । करोड चाहिँ मज्जाले नाघिसक्यो ।’  
 
दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेशमा ठूलो प्रभाव पारेको छ । कायस्थका अनुसार शनिवार बिहानैदेखि गोपीकृष्णका २ वटा पर्दा र अष्टनारायणको हजार सिट संख्याको हल हाउसफूल रहे । 
 
राजधानीका अन्य गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पनि फिल्मले पकड जमाएको छ । दर्शकको उत्साहजनक उपस्थितिका कारण दोस्रो सातामा राजधानीका मल्टिप्लेक्सले ‘मंगलम’ लाई थप शो उपलब्ध गराएका छन् ।  
 
 
शनिवार राजधानीका विभिन्न हल पुगेर फिल्मका कलाकारले दर्शकसँग प्रत्यक्ष भेटघाट गरे । सँगै बसेर फिल्म हेरे भने भ्याएसम्म दर्शकसँग सेल्फी पनि खिचे । हलमा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको क्रेज गज्जब देखिन्थ्यो । दर्शकको साथ र माया देखेर दुबै दंग देखिन्थे । 
 
नवल नेपाल निर्देशित तथा छविराज ओझा निर्मित उक्त फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ । यस फिल्मले उठाएको 'भर्जिन कन्टेन्ट' लाई दर्शकले प्रशंसा गरेका छन् । 
Most Visited News (monthly)