Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.25/5.00)
Text size:-
+
-

यस्ता छन् ‘रेड’ का ६ दमदार डाइलग

एजेन्सी, मुम्बई, 2018/03/17
बलिउडका एक्सन हिरो अजय देवगन ‘गंगाजल’ र ‘सिंघम’ पछि एकपटक फेरि कडक अफिसरको भूमिकामा देखिएका छन् । १६ मार्चमा रिलिज भएको फिल्म ‘रेड’ मा उनी इनकम ट्याक्स अफिसरको भूमिकामा छन् । फिल्म १९८१ मा लखनऊमा भएको सबैभन्दा लामो रेडको कहानी हो । 
 
बलिउडमा यूपीको राजनीति र भ्रष्टाचारको विषयमा प्रायः फिल्म बनिरहेका छन् । ‘साहब बीवी और ग्याङस्टर’, ‘बुलेट राजा’, ‘आक्रोश’, ‘ग्याङग्स अफ वासेपुर’, ‘स्पेशल २६’, ‘जोली एलएलबी’ जस्ता फिल्मपछि ‘रेड’ मा एकपटक फेरि यूपीको झलक देख्न पाइन्छ । 
 
 
फिल्ममा अजय देवगन र सौरभ शुक्लाको अभिनयको यतिबेला सबैभन्दा धेरै तारिफ भइरहेको छ । राजकुमार गुप्ता निर्देशित उक्त फिल्ममा इलियाना डिक्रूज, अमित सयाल, पुष्पा जोशीलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ ।  
 
रिलिजसँगै फिल्मका केही डाइलगहरु यतिबेला दर्शकको मुखमा खुब झुण्डिन थालेका छन् । आजहामी यो प्याकेजमा ‘रेड’ मा कलाकारले बोलेका ७ दमदार डाइलगको चर्चा गर्दैछौं । 
 
१. यो देशको गरिबीको कारण गरिब होइन्, तँ जस्तो लुटिखाने धनी हो । (अजय देवगन)
 
२. म कोहीसँग डराउँदिनँ, जो कोहीको पनि ढोका ढकढकाउने हिम्मत राख्छु । (अजय देवगन)
 
३. म मात्र ससुरालीबाट बिहेको दिन खाली हात फर्किएको छु, नभए जसको घर बिहान-बिहान पुगेको छु केही लिएर नै आएको छु । (अजय देवगन)
 
४. इन्डियाका अफिसर्स होइन, उनीहरुको श्रीमति बहादुर हुन आवश्यक छ । (अजय देवगन)
 
५. यो घरमा कोही सरकारी नोकर मच्छड मार्न आउन सक्दैन, तँ रेड मार्न आएको छस् । (सौरभ शुक्ला)
 
६. सोडाको बोतल हो, भर्खरै खुलेको छ, अलि आवाज रहनेछ । (इनकम ट्याक्स डिपार्टमेन्टका एक अधिकारी)
Most Visited News (monthly)