Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि कहिले अजय र काजोलको जोडी पर्दामा ?

एजेन्सी, मुम्बई, 2018/03/16
अभिनेता अजय देवगनले अभिनेत्री काजोलसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन् । राम्रो पटकथा भेटे सँगै काम गर्न कुनै अफ्ठ्यारो नभएको उनको भनाई छ । अजय र काजोलले 'इश्क', 'राजू चाचा', 'प्यार तो होना ही था' र 'यू मी और हम' जस्ता धेरै फिल्ममा सँगै काम गरेका छन् । 
 
यो जोडी फेरि पर्दामा कहिले आउँला ? यस विषयमा अजयले आईएएनएसलाई भने, 'यो निर्भर गर्छ । जहिले राम्रो पटकथा मिल्छ तब हामी पक्कै पनि सँगै काम गर्नेछौं । हामी दुईलाई एउटै फिल्ममा कास्ट गर्न सजिलो छैन । यसका लागि राम्रो पटकथा चाहिन्छ ।' 
 
 
अजयले काजोलसँग सन् १९९९ मा विवाह गरेकी थिइन्, यी दुईको दुई सन्तान नायसा र युग छन् । अजयले काम र नीजि जिन्दगी बीचको सन्तुलनको विषयमा भने, 'म आफ्नो काम र परिवारलाई निकै राम्रोसँग सन्तुलित राख्छु । म आफ्नो बच्चासँग धेरैभन्दा धेरै समय विताउने गर्छु ।' 
 
उनले आफू दिनमा ८ घण्टा भन्दा बढी काम नगर्ने र आइतवार छुट्टि लिने गरेको पनि बताए । शुक्रवारबाट अजय र इलियाना डिक्रुजको फिल्म ‘रेड’ प्रदर्शनमा आएको छ । पहिलो शोका दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेशमा प्रभाव पार्ने छनक देखिएको छ । 
Most Visited News (monthly)