Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खगेन्द्रको ‘डमरुको डण्डीबियो’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/03/16
चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । 
 
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको 'तितेताते तितेताते झ्याप झ्याप' बोलको गीतमा फिल्मका प्रमुख कलाकारहरु फिचरिङ छन् ।
 
 
कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत रहेको गीतको शब्द एकतारे, काली र हर्क साउदले लेखेका हुन् । फिल्मको कथा अनुसार आफूले गीत तयार पारेको कार्यक्रममा कालीले बताए । गीतमा खगेन्द्रसँगै मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवालाई डण्डीबियो सिक्दै गरेको देख्न सकिन्छ । 
 
कलाकार अनुप बराल डण्डीबियो प्रशिक्षकको भूमिकामा देखिएका छन् । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ ।
 
फयामिली स्पोर्टस् ड्रामा जनरामा तयार पारिएको उक्त फिल्ममा अंकित खड्का, अशान्त शर्मा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवारलगायतका कलाकारहरुको पनि अभिनय छ ।  
 
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । 
 
छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।  
 
प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् । 
 
गीत हेर्नुहोस् :-
 

Most Visited News (monthly)