'आधा लभ', 'चक्कर', 'सुनकेसरी', 'फिर्के' फिल्ममा एकसाथ काम गरिसकेका नायक अर्पण थापा र नायिका ऋचा शर्मा स्टारर नयाँ फिल्म ‘फेरि–फेरि’ को झण्डै ८५ प्रतिशत छायांकन सकिएको छ ।
.jpg)
माघ तेश्रो सातादेखि सुटिङ थालिएको फिल्ममा पुरन थापाको लेखन, निर्माण र निर्देशन छ । निर्देशक पुरनसहित फिल्ममा धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकी लगायतको अभिनय छ ।
.jpg)
फिल्मको बिहीवार भक्तपुर, सूर्यबिनायकमा द्वन्द्व दृश्यको छायांकन गरियो । फिल्मको क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचिएको निर्देशक पुरनले जनाए । ‘फिल्म निकै हेभी बनेको छ,’ निर्देशक पुरनले भने, ‘गुणस्तरिय फिल्म बनाउन कुनै कसर बांकी राखेको छैन ।’
.jpg)
उनले केही दृश्यसहित दुई गीत र एउटा फाइटको सुटिङ सिध्याउन अझै दुई साता लाग्ने बताए । उक्त फिल्मको काठमाडौ, दामन, चितवन हुँदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ । फिल्मको द्वन्द्व एनबि महर्जनले निर्देशन गरेका छन् ।
.jpg)
आफ्ना बिगतका फिल्म भन्दा ‘फेरि–फेरि’ मा बेग्लै प्रकारको भूमिका रहेको अर्पणले बताए । त्यसैगरी, ऋचाले आफूले बिगतका फिल्ममा बिभिन्न भूमिका निर्वाह गरेको स्मरण गर्दै ‘फेरि–फेरि’ मा भने नौलो चरित्रमा अभिनय गर्न पाएको बताइन् ।
.jpg)
सुरेश बज्राचार्यले खिचिरहेको फिल्मको निर्मातामा पुरनका छोरा निरज थापा छन् । फिल्मलाई दशैसम्म दर्शकमाझ ल्याउने योजना पुरनको छ ।

