नायिका ऋचा सिंह ठकुरी अभिनीत तथा निर्मित फिल्म ‘सुपर गोर्खे’ को अफिसियल ट्रेलर लञ्च भएको छ । ट्रेलरमा कमेडी संवाद र द्वन्द्वका दृश्यहरु समावेश छन् । बैशाख ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मका निर्देशक राज थापा हुन् ।

अविर हाउस प्रोडक्सन प्रा.लि.को प्रस्तुती रहेको फिल्ममा ऋचा सिंहसँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द्र क्षेत्री, सचिन केसी, कामना भुजेल, भानुदेव विष्ट, उत्तम विष्ट, विनय दाहाल, सन्तोषी श्रेष्ठ र राज थापाको अभिनय रहेको छ ।
किरण माईकलको लेखन रहेको ‘सुपर गोर्खे’ लाई सौरभ लामाले खिचेका हुन् भने, द्धन्द्ध निर्देशन चन्द्र पन्तको छ । निर्माताको रुपमा ईश्वरी सिंह ठकुरी, रामकृष्ण र सुदिप जंग थापा रहेका छन् । विवाहपछि ऋचाको यो कमब्याक फिल्म हो ।
ट्रेलर हेर्नुहोस् :-

