Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

धुर्मुस-सुन्तली ‘बर्ष व्यक्ति’ घोषित

फिल्मीखबर, काठमाण्डौ, 2018/03/15
हरेक बिहीवार प्रकाशन हुँदै आएको ‘फिल्मीखबर’ साप्ताहिकले आफ्नो नवौं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा बर्ष व्यक्ति पुरुष र महिला पनि घोषणा गरियो । 
 
बर्ष व्यक्ति पुरुषतर्फ सिताराम कट्टेल (धुर्मुस) लाई सम्मान गरियो भने, कञ्जना घिमिरे (सुन्तली) लाई बर्ष व्यक्ति महिलातर्फ सम्मानित गरियो । फिल्मीखबरले प्रत्येक वर्ष ‘फिल्मीखबर बर्ष व्यक्ति’ को रुपमा सम्मान गर्दै आइरहेको छ । 
 
 
सम्पादक शान्तीप्रियले अहिलेको जमानामा फिल्म सम्बन्धी साप्ताहिक पत्रिका सञ्चालन गर्नु आफैंमा चुनौती भएको भन्दै यसमा आफूहरु सफल भएको बताए । 
 
सम्मानित भएका कलाकार तथा समाजसेवी सितारामले यो सम्मानले आफूलाई अझ हौसला मिलेको बताए । यस्तै, कुञ्जनाले यस्तो सम्मानले आफूलाई अगाडि बढ्न उर्जा मिलेको बताइन् । 
Most Visited News (monthly)