Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उदित नारायणलाई गम्भीर रोग

एजेन्सी, मुम्बई, 2018/03/15
कुनै समय नेपाल र भारतका करोडौं फ्यानहरूका ढुकढुकी गायक उदित नारायण झाको स्वास्थ्य अवस्थामा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । 
 
खबरअनुसार, ६२ वर्षका उदितलाई यूरिन इनफेक्शन र हाई डाइबिटीजका कारण स्वास्थ्य अवस्थामा समस्या आएको हो ।  उदित अहिले २ प्रकारको डाइबिटीजबाट गुज्रिरहेका छन् । 
 
एक महिना पहिला नै ग्लूकोज लेवल हाई भएका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । डाइबिटीजका साथ-साथ उनलाई हाई ब्लड प्रेसरको पनि समस्या छ । 
 
 
उदितका छोरा तथा गायक आदित्य नारायणले गएको सोमवार मात्रै मुम्बईको अंधेरीमा आफ्नो मर्सिडीज कारबाट अटोरिक्सालाई ठक्कर दिएका थिए । उक्त दुर्घटनामा अटो चालक र त्यसमा सवार एक महिला घाईते भएका थिए ।
 
यो घटनालाई लिएर आदित्यको विरुद्धमा लापरवाहीको मुद्धा दर्ता भएपछि उनलाई गिरफ्तार गरिएको थियो । पछि जमानतमा उनलाई रिहा गरियो । 
 
यस वर्षको होली बनाउन उदित झन्डै २० वर्षपछि जेठी श्रीमति रञ्जना झासँग आफ्नो जन्मथलो सप्तरीको भारदह पुगेका थिए ।
 
सन् १९७८ मा संगीत अध्ययनका लागि मुम्बई पसेका उनले दुई वर्षपछि फिल्मी गीत गाउने अवसर पाएका थिए । उनको पहिलो हिट गीत 'कयामत से कयामत तक' फिल्मको 'पापा कहते है बडा नाम करेगा' हो । 
Most Visited News (monthly)