Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुसँग बिहेको हल्ला निराधार : सविन श्रेष्ठ

फिल्मीखबर, काठमाण्डौ, 2018/03/14
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह लामो समयदेखि प्रेममा छन् । केही समय अगाडि यी दुईको ब्रेकअपको खबर पनि बाहिर आएको थियो । तर, अहिले फेरि यो कपल निकै नजिक छन् । अनुको इन्स्टामा सविनसँगका तश्बिरहरु प्रशस्तै भेटिन्छन् । यसैबीच अनु र सविनको बिहेको खबर बाहिर आएको छ । 
 
 
हालैमा अदालत पुगेर सविनले अनुलाई दुलही बनाएको हल्लाले सिनेवृत यतिबेला मज्जैले तातेको छ । के हो त यर्थाथ ? फिल्मीखबर डटकमसँग कुराकानी गर्दै सविन भन्छन्, ‘खोई थाहा छैन विवाहको हल्ला कसरी चल्यो । अदालत जाँदैमा बिहे हुन्छ र ? एक व्यक्तिले धम्की र गाली गलौज गरेपछि म र अनु अदालत गरेका हौं । तर बिहे गरेको भन्ने खबर गलत हो ।’ 
 
सविनले अनुसँगको प्रेम सम्बन्धको विषयमा पहिलो पटक मिडियामा मुख खोले । ‘हो, हामी नजिक छौं । तर तत्काल बिहे गर्ने सोच छैन । दुलहा बन्ने पनि समय आउला नी !’ उनले भने । अनु र सविनले फिल्म 'लक्ष्य', 'आधा बाटो' जस्ता फिल्ममा एकसाथ काम गरेका छन् । 
 
सविन निर्मित पहिलो फिल्म ‘हिरो रिर्टन्स’ बैशाख २८ गतेबाट प्रदर्शनमा आउँदैछ । अनु फिल्मभन्दा पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त छिन् । उनी अभिनीत नयाँ फिल्म ‘पसिना’ रिलिजको तरखरमा छ । 
Most Visited News (monthly)