Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कस्तो चल्यो ‘मंगलम’ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/14
शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको ‘मंगलम’ ले यतिबेला हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण पनि रिलिज अगावैदेखि प्रतिक्षित बनेको फिल्म हेर्ने दर्शकको चाप सिंगल ‘स्कृन’ मा बढी छ । मल्टिप्लेक्मा पनि दर्शकको संख्या बढ्दै गएको निर्माता छविराज ओझाले जानकारी दिए । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा निर्माता ओझा भन्छन्, ‘उच्च वर्ड अफ माउथका कारण मल्टिप्लेक्सले शो बढाइरहेको छ । अधिकांश मल्टिप्लेक्समा प्रत्येक शोमा ७० को आसपासमा दर्शकको उपस्थिति छ । यो मेरो लागि ठूलो उपलब्धि हो । मेरो फिल्मले मल्टिप्लेक्स छिर्ने अवसर पायो ।’ 
 
 
प्रदर्शनको एक हप्ता नाघ्न लाग्दा समेत विजनेश रिपोर्ट सार्वजनिक गर्न नचाहेका निर्माता ओझा आफ्नो लागि दर्शकको 'वाहवाही' ठूलो रहेको बताउँछन् । उनी भन्छन्, ‘फिल्मको विजनेश वितरकलाई थाहा हुन्छ । मलाई दर्शकको रेस्पोन्स थाहा छ । फिल्म हेर्ने अधिकांश दर्शकले अत्याधिक मन पराउनु भएको छ ।’ 
 
कुमारी, लविङ, विएसआर, क्यूब, विग मुभिज लगायतका राजधानीका मल्टिप्लेक्सले आइतवारबाट फिल्मको शोमा वृद्धि गरेका छन् । श्रीमान-श्रीमतिबीचको सम्बन्ध बोल्ने फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । 
 
दर्शकले धेरैपछि उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको छ ।
 
शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईँ, मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको फिल्ममा प्रमुख भूमिका छ । ‘मंगलम’ बाट यतिबेला शिल्पा र पुष्पको गज्जबले तारिफ भइरहेको छ । पुष्पले ‘स्टार’ अभिनेताको पंक्तिमा आफूलाई उभ्याउन सफल भएको चर्चा पनि सुरु हुन थालेको छ । 
Most Visited News (monthly)