‘प्रेमगीत’ बाट रातारात चम्किएका युवा स्टार प्रदीप खड्का अभिनीत नयाँ फिल्म ‘लिलिबिली’ आउँदो चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । आफ्नो चकलेटी छविले लाखौँको मन जितेका उनी यस फिल्मबाट निकै आशावादी छन् ।
गीत र ट्रेलरबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले पनि उनी थप हौसिएका छन् । यस्तैमा उनले नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको छ ।
स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, ‘लिलिबिली’ निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सोलीडोली’ मा प्रदीप अनुवन्धित भइसकेका छन् । यस विषयमा निर्देशक चाम्सले भने कुनै जानकारी दिन चाहेनन् ।
(1).jpg)
आउँदो भदौबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ । प्रदीपको अपोजिटका लागि यतिबेला निर्देशक चाम्स नायिका खोजिरहेका छन् ।
केही समय अगाडि ‘लिलिबिली’ को सिक्वेलमा निर्माण हुने खबर बाहिर आएको थियो, जसमा प्रदीप लिड रोलमा हुने चर्चा थियो । तर, अब ‘लिलिबिली’ टिम नयाँ फिल्म ‘सोलीडोली’ निर्माणमा जुटेको छ ।
प्रदीप ‘लिलिबिली’ प्रदर्शन लगत्तै दिनेश राउतको निर्देशन र सुवास गिरीको निर्माण रहने फिल्म ‘भैरवी’ गर्दैछन् । यसपछि मात्र उनी ‘सोलीडोली’ मा व्यस्त हुनेछन् ।

