Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘नाई नभन्नु ल ५’ मा प्रियंकादेखि दीलिपसम्म

फिल्मीखबर, काठमाण्डौ, 2018/03/14
मीठो संगीत, इमोसनल कथा र मन छुने संवाद ‘नाई नभन्नू ल’ सिरिजका विशेषता हुन् । अझ संगीत त फिल्मको मुटुनै भनेपनि हुन्छ । कथालाई अभिव्यक्त गर्ने हिसाबले आउने गीतले ‘नाई नभन्नु ल’ का हरेक सिरिजलाई दर्शक माझ प्रतिक्षीत बनाउन मद्धत गरेका छन् । 
 
लगालग ४ सिरिज हिट भएपछि यतिबेला निर्देशक तथा निर्माता विकासराज आचार्य ५ औँ श्रृङ्खला निर्माणमा जुटेका छन् । चैत १ गतेबाट छायांकन सुरु हुन लागेको फिल्ममा लगभग कलाकारहरु फाइनल भइसकेका छन् । 
 
 
‘नाई नभन्नु ल ५’ नाम राखिएको फिल्ममा अभिनेत्री प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मीको निरन्तरता रहनेछ । यस्तै, स्वस्तिमा खड्का, अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसीको पनि फिल्ममा लिड रोल रहने निर्देशक आचार्यले जानकारी दिए । 
 
फिल्ममा प्रियंकाले स्वस्तिमाको आमाको भूमिका निर्वाहा गर्ने छिन् । यसअघि 'छक्का पञ्जा २' मा पनि स्वस्तिमाले प्रियंकाको छोरीको भूमिका निर्वाहा गरेकी थिइन् । 
 
‘नाई नभन्नु ल ५’  मा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । 
 
निर्देशक आचार्य फिल्ममा नयाँ नायक भित्राउने तयारीमा छन् । सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद फिल्ममा छ ।
Most Visited News (monthly)