Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

५३ वर्षका भए आमिर खान

एजेन्सी, मुम्बई, 2018/03/14
बलिउड फिल्म जगतका 'मिस्टर परफेक्शनिष्ट' आमिर खानको आज १४ मार्चमा जन्मदिन हो । उनी ५२ वर्ष पुरा भई ५३ वर्षमा प्रवेश गरेका हुन् । १४ मार्च १९६५ मा मुम्बईमा जन्मेका आमिर आफ्नो जन्मदिन साधारण तरिकाले मनाउँछन् ।
 
परिवार र साथी-भाइबीच केक काट्छन् । उनीहरूसँगै रात्रिभोज गर्छन् । रात्रिभोजमा आमिरकी आमाले विशेष गरी शिख कबाब पकाउँछिन् । जो आमिरलाई अति मन पर्छ ।
 
 
करिअरको सुरुवात
आमिरले निकै राम्रा र चर्चित फिल्म खेलेका छन् । करिअरको सुरुमा आफ्नो चकलेटी छविले लाखौँको मन जितेका आमिरले वर्षमा एक मात्र फिल्म खेल्ने गरेका छन् । उनले १९७३ मा ‘यादो की बारात’ फिल्ममा बाल कलाकारको रुपमा आफ्नो करिअरको सुरुवात गरेका थिए । 
 
१९८४ मा बनेको फिल्म ‘होली’ बाट उनले अभिनेताको रुपमा आफ्नो करियरको आरम्भ गरे । उनले 'लगान', 'दिल चाहता है', 'तारे जमिन पर', 'गजनी', 'पीके', 'थ्री इडियट्स', 'धूम-३', 'दंगल' जस्ता ब्लकबस्टर फिल्म आफ्ना प्रशंसकहरुलाई पस्किसकेका छन् ।
 
वर्षमा चार पाँच सिनेमा
आमिर खान अहिले एक वर्षमा वा दुई वर्षमा एउटा फिल्म गर्छन् । तर, एक समय यस्तो थियो उनका एकै वर्षमा चार-पाँचवटासम्म फिल्म रिलिज हुन्थे । सन् १९९० मा उनका पाँचवटा फिल्म रिलिज भए ।
 
'लव लव लव', 'अब्बल नम्बर', 'तुम मेरे हो', 'दिल' र 'जवानी जिन्दावाद' । तर, यी मध्ये उनको फिल्म ‘दिल’ मात्रै व्यवसायिक रुपमा सफल रह्यो । सन् १९९५ मा उनले चार फिल्ममा काम गरे । 'बाजी', 'आतंक हि आतंक', 'रंगीला', 'अकेले हम अकेले तुम' । तर, यी मध्ये पनि उनको 'रंगीला' मात्रै सफल रह्यो ।
 
आमिरले राखेका रेकर्ड
बक्स अफिसमा सय करोड क्लबको सुरुवात आमिर खानको ‘गजनी’ ले गरेको थियो । पहिलो पटक सय करोड क्लबमा प्रवेश गर्ने फिल्म आमिर खानको ‘गजनी’ हो । त्यस्तै, आमिरले भारतीय सिनेमाको ईतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म ‘पिके’ दिएका छन् ।
 
अहिलेसम्मको ईतिहासमा उनको ‘पिके’ ले सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । ‘पिके’ ले वल्डवाइड ७ सय ९२ करोड कमाएको छ । त्यस्तै उनको अर्को सिनेमा ‘दंगल’ ले भारतमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ । २०१६ मा रिलिज भएको ‘दंगल’ ले भारतमा मात्रै  ३ सय ८६ करोड कमाएको छ ।
 
वैवाहिक जीवन
आमिरले जीवनमा दुई पटक विवाह गरे । उनले पहिले विवाह रीना दत्तसँग सन् १९८६ मा गरे । उनले बलिउडको स्टार बन्नु भन्दा पहिले नै विवाह गरेका थिए । छिमेकमा रहने रीनासँग विवाह गरेर दुई सन्तानका पिता बनिसकेका आमिरले सन् २००२ मा उनलाई डिभोर्स दिए ।
 
आमिरले रीनालाई डिभोर्स दिनुको कारण हो एक्स्ट्रा म्यारिटियल अफेयर । फिल्म ‘लगान’ को सुटिङ क्रममा आमिर किरण रावसँग नजिकिए । किरणको प्रेममा चुर्लुम्म डुबेका उनले रीनालाई डिभोर्स दिएर किरणसँग सन् २००५ मा विवाह गरे । विवाह पछि किरण र आमिर एक छोराका माता-पिता बनिसकेका छन् । 
Most Visited News (monthly)