Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत २’ मा चारिएको छैन ‘तिमीसँग’ को कन्सेप्ट : निर्देशक राणा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/13
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिमीसँग’ को ट्रेलर आइतवार सार्वजनिक भयो । युट्युबमा रिलिजसँगै भाइरल भएको ट्रेलरले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । कतिले राम्रो बोल्दा केहीले अपेक्षा गरे झैँ ट्रेलर नबनेको युट्युबको कमेन्टमा आफ्नो विचार पोखेका छन् । 
 
रोचक कुरा त केही दर्शकले ‘तिमीसँग’ र ‘प्रेमगीत २’ फरक नलागेको पनि लेखेका छन् । योसँग जोडिएका केही रोचक किस्साहरु छन् । केही समय अगाडि ‘तिमीसँग’ को कन्सेप्ट ‘प्रेमगीत २’ ले चोरी गरेको व्यापक चर्चा चलेको थियो । 
 
सुरुमा अभिनेता आकाश श्रेष्ठको ठाउँमा अभिनेता प्रदीप खड्कालाई ‘तिमीसँग’ अफर गरिएको थियो । त्यसबेला प्रदीपको ‘प्रेमगीत’ रिलिजको तरखरमा थियो । सोहीबेला उनलाई निर्देशक तथा निर्माता शिशिर राणाले ‘तिमीसँग’ को स्क्रिप्ट सुनाए । 
 
 
आइतवार ट्रेलर रिलिज कार्यक्रममा फिल्मको कन्सेप्ट ‘प्रेमगीत २’ मा चोरिएको हो ? भन्ने पत्रकारको प्रश्नमा निर्देशक राणाले भने, ‘मलाई धेरैले तपाईको कथा चोरी भएको भन्नुभएपछि मैले फिल्म ‘प्रेमगीत २’ हेरेँ तर कन्सेप्ट चोरी नभएको पाएँ ।’
 
उनी भन्छन्, ‘प्रदीपलाई सबैभन्दा अगाडि मैले फिल्म अफर गरेको थिएँ । त्यतिबेला उहाँ अभिनीत फिल्म ‘प्रेमगीत’ रिलिजको तयारीमा थियो । उहाँले अब ‘प्रेमगीत’ पनि हिट नभए घरबाट अष्ट्रेलिया जान कर गरिरहेको बताउँदै हुनुहुन्थ्यो । मैले फिल्मको स्क्रिप्ट सुनाएँ ।’
 
उनले अगाडि भने, ‘फिल्मको विषयमा कुरा हुँदै गर्दा प्रदीपको ‘प्रेमगीत’ रिलिज भयो । त्यसपछि निर्माता सन्तोष सेनले उहाँलाई ‘प्रेमगीत २’ मा अनुवन्धित गर्नुभएछ । ‘प्रेमगीत २’ को सुटिङ नसकेसम्म अरुलाई टाइम दिन नपाइने प्रदीपसँग निर्माता सेनले सम्झौता गरेपछि मैले पर्खिन सकिनँ र आकाशलाई अनुबन्धित गरेँ ।’ 
 
‘तिमीसँग’ र ‘प्रेमगीत २’ को केही प्लट मिल्दोजुल्दो छ । ‘प्रेमगीत २’ मा थाइल्यान्डबाट हजुरआमाको देश घुम्न आएकी एक नेपाली युवती र नेपालको एक युवकबीचको प्रेमकथा थियो । 
 
‘तिमीसँग’ मा विदेशबाट घुम्न आएकी एक नेपाली युवतीसँग नेपालका दुई पुरुष पात्रबीचको प्रेम, संघर्ष चित्रण गरिएको छ । प्रदीपलाई स्क्रिप्ट सुनाएपछि ‘तिमीसँग’ को कथामा केही परिवर्तन गरिएको स्रोत बताउँछ ।
Most Visited News (monthly)