Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

बन्ने भयो ‘भिमसेन’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/13
युवी फिल्मस् ग्यालरीको ब्यानरमा नेपाली फिल्म ‘भिमसेन’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको शुभ मुहूर्त गरिएको छ । कमेडी, लभ र एक्सन प्रधान भनिएको फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन् ।  
 
 
कला राई निर्माता रहेको ‘भिमसेन’ मा अभिनय गर्ने अधिकांश नयाँ कलाकारहरु छन् । संगीत बाँनिया, कोनिका घिमिरे, यादव देवकोटा 'सरापे', राजु कमेडी 'रेम्बो', राजन महर्जनलगायतका कलाकारहरुको फिल्ममा प्रमुख भूमिका रहनेछ । 
 
काठमाडौं आसपासमा छायांकन हुने फिल्मको द्वन्द्व निर्देशनको जिम्मेवारी राजु किराती राईले सम्हालेका छन् । राजन ढंगेलको कथा रहेको 'भिमसेन' मा पुस्कर सुनुवारको संगीत, पवन गौतमको छायांकन र अनिल महर्जनको सम्पादन रहनेछ । युवी ब्यानरको यो तेस्रो प्रोजेक्ट हो । 
 
 
मुहूर्त कार्यक्रममा फिल्मलाई चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र वितरक तथा निर्माता गोपालकाजी कायस्थले शुभकामना दिए । 
 
फिल्मको निर्माण लागत ५० लाखभन्दा माथी रहने निर्माण टिमबाट खबर प्राप्त छ । फिल्मका लागि अझै केही कलाकारहरु छनौट गर्न बाँकी रहेको निर्देशक कटुवालले जानकारी दिए । 
Most Visited News (monthly)